विचार/ब्लग

टिकटक प्रतिबन्धः सरकारको चीन विरोधी र भारत परस्त कदम

Banner

गिरिराज उपाध्याय

अहिले सामाजिक सञ्जाल नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धको पक्ष र विपक्षमा बाँडिएको छ । खासमा टिकटक के हो ? यसको प्रतिबन्धले के समस्या निम्त्याउन सक्छ ? के गर्दा उचित हुन्छ ? यसको बारेमा यस लेखमा चर्चा गरिएको छ ।

टिकटक सबै भन्दा बढी रुचाएको र डाउनलोड गरिएको एप्लिकेसन मध्ये एक सामाजिक प्लेटफर्म हो । यो फेसबुक र युट्युबपछि सबैभन्दा बढी डाउनलोड भएको एप्लिकेसन हो । तीन सेकेण्डदेखि १० मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने यो एप्लिकेसन संसारका १५४ राष्ट्रहरुमा ७५ विभिन्न भाषाहरूमा उपलब्ध छ । चीनको बेइजिङ माइक्रोलाइभ भिजन टेक्नोलोजी कम्पनी लिमिटेडअन्तरगत वाइटिडान्सले विकास गरेको यो भिडियो सेयरिङ एप आइओस, एन्ड्रोवाइड, उइन्डो र म्याकोस अपरेटिङ सिस्टमहरुमा सजिलै चलाउन सकिन्छ ।

सेप्टेम्बर २०, २०१६ मा चीनमा प्रयोगमा आएको यो एप सेप्टेम्बर २०, २०१७ देखि विश्व बजारमा आएको थियो । सन् २०२१ मा तीन बिलियन प्रयोगकर्ता रहेको यस एपको अहिले चार बिलियन प्रयोगकर्ता पुगेको अनुमान छ । सन् २०२१ मा चार बिलियन डलर आम्दानी गरेको यस कम्पनीले २०२२ मा ९.८९ बिलियन डलर कमायो भने २०२३ मा १४.१५ बिलियन डलर कमाउने अनुमान छ ।

संसारका ठूला र नाम कहलिएका गायक तथा सेलिब्रेटीहरु, संगीत कम्पनीहरु, खेलकुद क्लबहरु, सांस्कृतिक समूहहरु, पर्यटनसँग सम्बन्धित संस्थाहरु र कतिपय देशका सरकारी सञ्चार माध्यमहरुसमेत टिकटकसँग व्यावसायिक साझेदारी गरिरहेका छन् । यो एप व्यवसायीहरुका लागि निःशुल्क रुपमा आफ्नो व्यावसायको प्रचारप्रसार गर्ने गतिलो माध्यम बनेको छ । यसै एपका कारण कतिपय लुकेर बसेका प्रतिभाहरुको उजागर भएको छ । विश्वका कैयौँ व्यक्तिहरु टिकटकबाटै हिट भएर विश्व चर्चित बनेका छन् । यसले पर्यटनको विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । नागरिकहरुले महत्वपूर्ण सूचना यहीँबाट थाहा पाउने सञ्चारको माध्यम टिकटक बनेको छ । कतिपय प्रयोगकर्ताले लाइभ च्याटमा बसी आर्थिक आर्जनसमेत गरेका छन ्। यसको राजनीतिमा पनि ब्यापक प्रयोग भएको छ । सन् २०२१ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा चुनाव प्रचारप्रसार को लागि टिकटकसँग सम्झौता गरिएको थियो । पछिल्ला दिनमा यो एउटा मनोरञ्जनको साथ साथै बयस्कहरुका लागि समय व्यतित गर्ने गतिलो साधन बनेको छ ।

तर, हालै मात्र नेपाल सरकारले एक निर्देशिका जारी गरी टिकटकमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सरकारले हतारिएर यो निर्णय किन गर्यो बिस्तारै खुल्दै जाला । सरकारको यस निर्णयप्रति केहि शंकाहरु उत्पन्न भएका छन ्।

१. अहिलेको गठबन्धनको सरकार गणितीय हिसाबले बहुमतको भए पनि आमरुपमा लोकप्रिय छैन । जनताका जनजीविकाका सवालमा सरकारले कुनै काम गर्न सकेको छैन । किंमकर्तव्यबिमुढको अवस्थाबाट अगाडि बढिरहेको यो सरकार र यसका प्रधानमन्त्रीको सामाजिक सञ्जाल खास गरी फेसबुक र टिकटकमा अत्यन्तै बिरोध हुने गरेको छ । आफ्नो विरोध र आलोचना खप्न नसकेर विरोध गर्ने ठाउँ नै बन्द गरेको जनताको बुझाइ छ ।

२. सन् २०२० मा भारत र चीनको सिमाना गलवान घाँटीमा चीनिया सैनिकले २० जना भारतीय सैनिकको हत्या गरेपछि भारत चीनको सम्बन्ध बिग्रियो । यसको प्रतिक्रिया स्वरुप भारतले चीनिया कम्पनीको टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय ग¥यो । भारत परस्त नीति लिएको वर्तमान सरकारले भारतको दबाब र इशारामा नेपालमा पनि टिकटमाथि प्रतिबन्ध लगाएको हो कि भन्ने जनताको बुझाइ छ ।

३. विशाल छिमेकीहरुको बिचमा रहेको हाम्रो देशको सरकारको यस खालको निर्णयका कारण अन्तर्राष्ट्रियरुपमा नै नेपाल चीन बिरोधी कित्तामा पर्न सक्ने अनुमान पनि लगाइएको छ । प्रयोगकर्ताहरुले सही ढंगले प्रयोग नगरिदिँदा यसले समाजमा विकृति फैलाउन सहयोग गरेको छ । गलत सूचनाहरुको सम्प्रेषण भएको छ, व्यक्तिका व्यक्तिगत अधिकार र गोपनियताहरु भंग भएका छन् । जसका कारण समाजमा अराजकता फैलिने डर छ । तर, यी सबैको कारण टिकटक वा अरू सामाजिक सञ्जाल होइन प्रयोगकर्ताको कमजोरी वा लापरबाही हो । हरेक कुराका नकारात्मक पाटा हुन्छन, त्यसलाइ मात्र आधार बनाएर सकरात्मक कुराहरु को नजर अन्दाज गरियो भने त्यसको परिणाम झन उल्टो हुन जान्छ। जनतालाई सूचनाको हकबाट बञ्चित गर्ने गरि गरिएको यो निर्णय सर्वथा भत्र्सना योग्य छ । यसैगरी आलोचना सुन्न नसकेर सामाजिक सञ्जाल बन्द गर्दै जाने हो भने के फेसबुक, इन्स्टाग्राम, युट्युब सबै बन्द गर्ने हो त ? कानुन बनाएर नियमन गर्न सकिन्छ तर निर्देशिका जारी गरेर बन्द गर्ने निर्णय गर्नु निरंकुशताबादी काम हो । के त्यसो भए करेन्ट लाग्यो भनेर बिजुलीको पावरहाउस बन्द गर्ने ? जहाज÷ बस चढदा दुर्घटना भयो भनेर पैदल हिड्ने? घरको पेटीमा ठेस लाग्यो भनेर घर भत्काउने?

अहिले सामाजिक सञ्जालमा टिकटकको पक्ष र विपक्षमा प्रयोगकर्ताहरुले आफ्ना आफ्ना विचारहरु राखिरहेका छन् । सरकारको निर्णयको पक्षमा लाग्नेहरुले अरु विभिन्न देशहरूमा पनि प्रतिबन्ध लगाइएको उदाहरण दिइरहेका छन् । तर, यथार्थमा बङ्लादेश, रसिया (आफ्नै सामाजिक सञ्जाल भएकोले) र अफगानिस्तान बाहेक अरु देशमा नागरिकहरुका लागि टिकटक काहिँ पनि प्रतिबन्ध छैन । अष्ट्रेलिया, क्यानडा,बेलायत, युरोपियन युनियनका देशहरु र ताइवानमा सरकारी कम्प्युटरमा सरकारी कर्मचारीलाई प्रतिबन्ध लगाइएको छ । त्यस्तै डेनमार्कमा रक्षा मन्त्रालयका कर्मचारीलाई, न्युजिल्याण्डमा सांसद र संसदका कर्मचारीलाई, लात्भियामा परराष्ट्र मन्त्रालयका कर्मचारी लाईमात्र प्रतिबन्ध लगाइएको छ । पाकिस्तानले २०२० देखि चार पटक प्रतिबन्ध लगाएको घोषणा गरे पनि प्रयोग भइरहेको छ । त्यस्तै भारतमा गलवान विवाद पछि प्रतिबन्ध लगाएको भनिए पनि सहजरुपमा प्रयोग भइरहेको देखिन्छ ।

अन्त्यमा, नागरिकहरुले अत्यन्त रुचिका साथ प्रयोग गर्ने टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरुलाई राजस्वको स्रोतको रुपमा प्रयोग गर्दै नकारात्मक कुराहरुलाई नियमन गरी सूचना सम्प्रेषण, जनचेतना फैलाउने काममा प्रयोग गर्न र जनताको सूचनाको हकको सम्मान गर्दै टिकटक माथिको प्रतिबन्ध हटाउन सरकारलाई सुझाव छ ।

(गैँडाकोट निवासी लेखक उपाध्याय सप्तगण्डकी बहुमुखी क्याम्पसका वातावरण विज्ञान विभागका सहायक प्राध्यापक हुन् ।)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>