Breaking News
रास्वपाले भन्योः टिकटक बन्द होइन, नियमन गरौं
०

काठमाडौं, कात्तिक २७–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टिकटक बन्द गर्ने निर्णयको बिरोध जनाएको छ ।
रास्वपाले टिकटक बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताएको हो । रास्वपाका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले बन्द समाधान नभएको बताएका हुन्।
‘सामाजिक सञ्जालसँग सम्बन्धित विषय विज्ञहरू पनि छन्। उहाँहरूसँग छलफल गरेर कसरी नियमन गर्न सकिन्छ, यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, भन्नेबारे छलफल गर्नुपर्थ्यो। टिकटकका राम्रा कुराहरू पनि होलान्, त्यसको उपयोगबारे पनि सोच्न सकिन्थ्यो। तर, बिदाको दिन पारेर सरकार बन्द गर्ने निर्णयमा पुग्यो। यसबारे हामी केहीबेरमा धारणा सार्वजनिक गर्छौं,’ उनले भने। आज बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























