Breaking News
टिकटक आजै बन्द हुन्छ, प्राविधिक काम भइरहेको छः गृहमन्त्री श्रेष्ठ
०

काठमाडौं, कात्तिक २७–
सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द हुने भएको छ। प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उनले भने।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयको सामाजिक संजालमा आलोचना तथा स्वागत भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























