खेलकुद

वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि भरतपुर-१८ ले जित्यो

Banner

चितवन, कार्तिक २६–

भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरले आयोजना गरेको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि भरतपुर–१८ ले जितेको छ ।

तीन दिनसम्म पार्वतीपुरमा सञ्चालित प्रतियोगितामा १५ टिमलाई पछाडि पार्दै वडा नम्बर १८ले उपाधि जितेको हो । उसले फाईनलमा भरतपुर–२७ को ‘ए’ टिमलाई पराजित गरेको आयोजकले जानकारी दिएको छ । प्रथम भएको भरतपुर–१८ ले ४० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता भएको भरतपुर–२७ ले २० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको वडाध्यक्ष कृष्णकुमार गुरुङले जानकारी दिनुभयो ।


प्रतियोगिताको उत्कृष्ट खेलाडी भरतपुर–१८ का मनिस महर्जन हुनुभएको छ । पश्चिम चितवनको पार्वतीपुरमा २२ वर्षपछि भलिबल प्रतियोगिता गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । तिहारको अवसरमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका भलिबल प्रतियोगिता गरिएको उहाँले बताउनुभयो ।

भलिबल प्रतियोगिता कार्तिक २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको थियो । भरतपुर–१८ का वडाध्यक्ष बाबुराम राना समापन कार्यक्रमको प्रमुख अतिथि रहनुभएको कार्यक्रममा चितवन भलिबल संघका अध्यक्ष तोरण ढकाल, युवा व्यवासायी विजय घलेलगायतको उपस्थित रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>