चितवन विशेष
उत्कृष्ट पाँच विद्यार्थीलाई चितवनको गुरुकुल कलेजले गर्यो सम्मान

चितवन, कार्तिक २४-
चितवनको गुरुकुल कलेजले उत्कृष्ट पाँच जना विद्यार्थीलाई सम्मान गरेको छ । भरतपुर महानगरपालिका ९ मा रहेको गुरुकुल माध्यमिक विद्यालयले आज (शुक्रवार) एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो ।
चिकित्सा शिक्षा आयोगबाट सञ्चालन भएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा नेपालबाटै द्वितीय स्थान हासिल गर्न सफल छात्र सुविन अधिकारी, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट सञ्चालित बि.ई प्रवेश परीक्षामा २३ औं स्थानमा पूर्ण छात्रवृत्तिमा हासिल गर्न सफल विद्यार्थी रसिम सुनार, रिभा अग्रवाल, समिर शर्मा पौडेल, एलिन तिमिल्सिना सहित सुविनलाई सम्मान गरेको छ ।

विद्यायलयबाट सम्मानीत भएका सुविनले खुसी व्यक्ति गर्दै गुरुकुल जिल्लाकै उत्कृष्ठ कलेज भएकोले आफूले अध्ययनको लागी गुरुकुल रोजेको जानकारी दिए । विद्यार्थीले डाक्टर, इन्जिनियर क्षेत्रमा उत्कृष्ट अंक ल्याउँदै सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनको लागि अभिभावक तथा गरुकुलका शिक्षक विनोद खण्ड तिमिलसिनाले शुभकामना दिएका छन् । साथै सम्मानीत विद्यार्थीबाट अरु विद्यार्थीलाई पनि पढाइमा लगाब हुने उनको भनाइ छ।

गुरुकुलका निवर्तमान प्राचार्य नविन भण्डारी र प्राचार्य टिकाराम चापागाईले समेते राम्रो नम्बर ल्याएर विद्यार्थी उत्कृष्ठ हुँदै इतिहास रच्नुमा शिक्षककै भूमिका भएको बताएका छन् । यसरी विद्यार्थी उत्कृष्ट हुनु सम्पूर्ण शिक्षाप्रेमीको लागि खुसी र गौरवको विषय भएको उनले बताए । उनीहरुले विद्यार्थीले हासिल गरेको उपलब्धि विद्यार्थी, अविभावक, गुरुकुलको मात्रै नभएर सिङ्गो भरतपुर महानगर र चितवनको भएको बताए ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ मा सञ्चालित वार्षिक परीक्षामा समेत कलेजका समिरले ३.९० जिपिए ल्याएर जिल्ला प्रथम, रसिमले ३.८५ जिपिए ल्याएर जिल्ला तृतिय र एलिनले ३.८३ जिपिए ल्याएर जिल्लामा चौथो भएका थिए ।

























