खेलकुद

भरतपुरको पार्वतीपुरमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नम्बर २१ विजयी

Banner

चितवन, कात्तिक २२-

भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आजबाट वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

वडा नम्बर २१ ले आयोजना गरेको प्रतियोगितालाई भरतपुरकी मेयर रेनु दाहालले खेलाडीलाई बल हस्तान्तरण गरेर आज उद्घाटन गरेकी हुन् ।

प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएका छन् । तीन दिनसम्म चल्ने प्रतियोगिताको आज भएको तीन खेल मध्ये उद्घाटन खेलमा वडा नम्बर २१ ‘ए’ ले वडा नम्बर २३ लाई पराजित गरेको छ । त्यस्तै दोस्रो खेलमा वडा नम्बर १९ ले वडा नम्बर २० लाई पराजित गरेको छ । त्यसैगरी तेस्रो खेल वडा नम्बर १४ र २२ को बीचमा भएको थियो जसमा वडा नम्बर १४ विजयी भएको छ । सबै समूहले एक÷एक खेल जितेपछि तीनवटै खेल भएको छ ।

प्रतियोगितामा पहिलो हुने समूहले ४० हजार रुपैयाँ नगद, दोस्रो हुनेले २० हजार रुपैयाँ नगद, प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गर्ने वडा नम्बर २१ का वडा अध्यक्ष कृष्णकुमार गुरुङले जानकारी दिए ।

भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा भरतपुरकी मेयर दाहाल, उपमेयर चित्रसेन अधिकारी, भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरुलगायतले सहभागी टोलीहरुलाई शुभकामना दिएका थिए । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ सो प्रतियोगिता सुरु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>