चितवन विशेष
नारायणगढको मोबाइल प्याराडाइजमा सामसुङ मोबाइल किन्दा भरतपुरकी रञ्जनाले पाइन् स्कुटर उपहार

चितवन, कात्तिक २२–
नारायणगढस्थित इन्द्रदेव मार्गमा रहेको मोबाइल प्याराडाइजमा सामसुङ मोबाइल किन्दा एक ग्राहकले स्कुटर उपहार जितेकी छन् । सामसुङ मोबाइलले दशैं लक्षित ल्याएको ‘२५ दिन २५ स्कूटर उपहार’ योजना अन्तरगत भरतपुर–११ बसेनीकी रञ्जना थापाले स्कुटर उपहार जितेकी हुन् ।
उनलाई आज (बुधबार) एक कार्यक्रमकाबीच मोबाइल पसलका संचालक अर्पण अर्याल र सामसुङको चिफ सेल्स म्यानेजर बद्री खड्काले टिभीएस स्कुटर हस्तान्तरण गरे । स्कुटर उपहार पाएपछि थापाले खुशी प्रकट गरिन् । कात्तिक ३ गते थापाले १७ हजार मूल्य बराबरको सामसुङ मोबाइल खरिद गरेकी थिइन् ।
‘मलाई मोबाइल पसल र सामसुङ कम्पनीबाट स्कुटर उपहार परेको बारे फोन गर्दा पत्यार नै लागेको थिएन्, पछि करलगायतका प्रक्रिया अघि बढाउन भनेपछि विश्वास लाग्यो । अहिलेसम्म धेरै सामसुङ मोबाइल किनियो अहिले उपहार पर्दा खुशी लाग्या छ’–थापाले भनिन् ।
मोबाइल प्याराडाइजका संचालक अर्यालले स्कुटर विजेता थापालाइृ बधाई दिए । आफू मोबाइल पसल खोलेको छोटो समयमै ग्राहकले उपहार जितेकोमा धेरै खुशी लागेको बताए । उनले ६ महिनाअघि मात्रै माबोइल प्याराडाइज नामको पसल खोलेका थिए ।
























