चितवन विशेष

भरतपुरको नौरंगेमा रहेको ज्योति पुस्तकालयको अध्यक्षमा कृष्णराज मरहठ्ठा चयन

Banner

चितवन, कात्तिक २२-

भरतपुर महानगरपालिका–१२ नौरंगे धनगढा मन्दिरमा रहेको ज्योति पुस्तकालयको अध्यक्षमा कृष्णराज मरहठ्ठा चयन भएका छन् ।

आज बुधबार सम्पन्न पुस्तकालयको १९ औ साधारण सभा तथा अधिवेशनले मरहठ्ठाको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा संगिता थापा, सचिवमा कपिल खनाल, कोषाध्यक्षमा लिला कट्टेल, सह–सचिवमा सविता दराई, सदस्यहरुमा हरिप्रसाद घिमिरे, रामचन्द्र केसी, लेखनाथ देवकोटा, लक्ष्मीकुमार श्रेष्ठ, निर्मला घिमिरे चयन भएका छन् । एक जना सदस्य पछि चयन गरिने निर्वाचन मण्डलका संयोजक घनश्याम घिमिरेले जानकारी दिए ।

नवनिर्वाचित सदस्यहरुले आजै सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण पश्चात नवनिर्वाचित अध्यक्ष मरहठ्ठाले सबै टिमको साथ र सहयोगमा आफनो ठाउँको पहिचान हुने गरी पुस्तकालय सञ्चालन गर्ने प्रतिबद्धता जनाए । यस्तै नेट इन्टरनेटको जमानामा पुस्तकालयलाई ई–लाइब्रेरी जस्तो बनाउने र पुराना पुस्तक पाउने बातावरण सिर्जना गर्ने बताए भने नौरंगे टोल विकास समिति, धनगढा एकीकृत विकास समिति, आमा समूहसँग मिलेर पुस्तकालयलाई क्लबको रुपमा स्थापना गर्न सकिने पनि बताए ।
नयाँ समितिलाई शुभकामना दिँदै पुस्तकालयका पूर्वअध्यक्ष कृष्ण पण्डितले आपनो अगुवाइमानै २०४१ सालमा ज्योति पुस्तकालयको स्थापना भएको बताए ।

विभिन्न बाधा अड्चन पार गर्दै २०५५ मा आधिकारिक मान्यता पाएको पुस्तकालयले १९ औ साधारण सभा मनाउन पाउदा गर्व लागेको उनले बताए । निर्वतमान अध्यक्ष कुलमणि पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा ज्योति पुस्तकालयका पूर्वअध्यक्षहरु टंक रिमाल, शितल पन्त, नौरंगे टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तलगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>