Breaking News

रविले परिवर्तनका लागि तातो गोली थाप्न तयार जनतालाई चिसोबाट बचाउनुस् भन्दा प्रधानमन्त्री गम्भीर

Banner

काठमाडौं, कात्तिक २२-

रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार पुगेर भेटेका छन् ।

सभापति लामिछानेले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) बाट फर्किएलगत्तै त्यहाँको यथार्थबारे प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार पुगे जानकारी गराएका हुन् ।

सभापति लामिछानेले परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस् भन्दा प्रधानमन्त्री गम्भीर भएको बालुवाटार स्रोतले बतायो ।

राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई उनले १४ बुँदे सुझाव दिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>