अपराध
चितवनका फर्निचर उद्योगमा वन कार्यालयको निगरानी, दुई उद्योगबाट अवैध काठ बरामद
०

चितवन, कात्तिक २१-
चितवनमा चोरीनिकाशीसँगै अवैद्य काठको व्यापार बढेसँगै डिभिजन वन कार्यालयले निगरानी बढाएको छ ।
वन कार्यालयले दुई फर्निचर उद्योगबाट ट्रली मेसिनसहित अवैध काठ बरामद गरेको हो ।
कात्तिक १७ गते डिभिजन वन कार्यालयले भरतपुर–५ जयप्रभु सदानन्द सःमिलबाट टाँचा नलगाएको सालजातको ३७.८ क्युफिट चिरान काठ बरामद गरेको आज प्रेषित गरेको सूचनामा जनाएको छ । त्यस्तै कार्यालयले कात्तिक २० गते कालिका नगरपालिका–९ बहुदल बजारमा रहेको आले फर्निचार उद्योगमा बिना इजाजत सञ्चालनमा रहेको काठ चिरान गर्न ट्रली मेसिन सेटसहित ९.७९ काठ बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























