चितवन विशेष

चितवनका संगीतकार देव गहतराजको नयाँ गीत ‘नरुनु आमा’ स्वरुपराजको स्वरमा सार्वजनिक

Banner

चितवन, कात्तिक २०-

भरतपुर महानगरपालिका–३ बाह्घरेका संगीतकार तथा गीतकार देव गहतराजको नयाँ गीत  ‘नरुनु आमा’ सार्वजनिक भएको छ ।

कात्तिक १ गतेबाट आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा स्वर स्वरुपराज आचार्यले दिएका हुन् । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै गहतराजले आफ्नो नयाँ गीतको बारेमा जानकारी गराएका छन् ।
हेटौंडामा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका गहतराजको यो पाँचौ गीत हो । गीतमा घरपरिवार छाडेर विदेशिनुपर्ने नेपाली युवाको कथालाई प्रस्तुत गरिएको छ । गहतराजको आफ्नै शब्द र संगीत रहेको गीतको भिडियो निर्देशन सुनिल विकले गरेका छन् भने अभिनय रमा थपलिया र गहतराज आफ्नै रहेको छ ।

बाल्यकालमा ६ वर्षको उमेरदेखि मेकानिकको काम सुरु गरेका गहतराजले कुनै विद्यालय र क्याम्पसमा औपचारिक अध्ययन गर्न पाएनन् तर पनि उनको लेखन क्षमता अब्बल रहेको उनका प्रशंसकहरु बताउँछन् । २०७२ सालबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका गहतराजका यसअघि ‘निम्न लागेको बालेको दियो’, ‘सक्तिन कसैगरी’, ‘तिम्रो त्यो कलिलो बैसले’ ‘सानी र्‍याई र्‍याई’ लोकप्रिय छन् । उनी आफ्नो हजुरआमाको प्रेरणाबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका हुन् । उनको नारायणगढमा दिपिशा अटो वर्कशप रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>