चितवन विशेष
भरतपुर महानगरमा भ्रमण वर्षलाई लक्षित गरी ग्रामीण क्षेत्रबाट वृक्षरोपण सुरु
०

चितवन, कात्तिक २०-
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष–२०२४ लाई लक्षित गर्दै ग्रामीण क्षेत्रमा वृक्षरोपण गर्न सुरु गरेको छ ।
भरतपुरको वडा नम्बर १८ मा सोमबार (आज) वृक्षरोपण गरी मेयर रेनु दाहालले अभियानको सुरुवात गरेकी हुन् ।
यस्तै भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि प्रमुख दाहालले उद्घाटन गरिन् । भरतपुर भ्रमण वर्षलाई भव्य बनाउनका लागि महानगरले हरियाली प्रर्वद्धन तथा सरसफाई कार्यक्रमलाई महानगरदेखि वडास्तरसम्म अभियानलाई अगाडि बढाएको छ ।
भरतपुरमा ६५० किमी सडक कालोपत्रे भइसकेकाले महानगरले सडकको दायाँबायाँ वृक्षरोपण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।
वृक्षरोपणको उद्घाटन मेयर दाहालले भरतपुरका २९ वटै वडामा वृक्षरोपणलाई अगाडि बढाइने उल्लेख गरिन् । उनले टोल विकास संस्था र सामाजिक संघसंस्थालाई वृक्षरोपणमा सहयोग गर्न अपिल गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























