Uncategorized

जाजरकोट भूकम्पः १२ स्वास्थ्य संस्थामा क्षति

Banner
काठमाडौँ, कात्तिक १९ –
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ ।
मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको हो । “धेरै घाइते उपचारपश्चात् घर फर्केका छन् । उपचारका लागि अन्यत्र सिफारिस गरिएकाहरुको प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचारको व्यवस्था गरिएको छ,” विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य सेवा विभागद्वारा औषधी तथा औषधीजन्य सामग्री प्रभावित जिल्लामा पठाइएको छ ।
विज्ञप्ति अनुसार भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम रुकुम पूर्व, सल्ल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्यूठानका गरी एक सय ५७ जनाको मृत्यु भएको छभने अन्य दुई सय ५६ जना घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>