चितवन विशेष

नेताहरुको विदेश भ्रमण मात्र जाने काम भयो, नागरिकलाई केही भएनः पूर्वमन्त्री पाण्डे

Banner

चितवन, कात्तिक १९-

चितवन क्षेत्र नं. ३ का सांसद एवम् पूर्वमन्त्री विक्रम पाण्डेले देशको अवस्था आर्थिक संकटका कारण युवा पलायन हुनुपर्ने अवस्थाले गर्दा देश रित्तो भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर कमिटीले आयोजना गरेको नविनतम राप्रपा भूगोल केन्द्रित चियापान कार्यक्रम एवम् पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

राजनीतिक दलका नेताहरु विदेश भ्रमणमा जाने मात्र काम भएको तर देश र जनताका लागि परिणाम बिहिन भएको बताउँदै राष्ट्रबादी नेपालीहरु एक भएर लाग्नुपर्ने तर्क राखे । सरकारमा नै बसेका पार्टीहरु सडकमा जाने भन्दै दिएको अभिव्यक्तिप्रती कटाक्ष गर्दै पूर्वमन्त्री पाण्डेले यस्तो अभिव्यक्तिले लाज लागेको बताए ।

माडीमा बारम्बार जंगली जनावरको आतंकबाट नागरिकहरुले अकालमा ज्यान गुमाउनुपरेको स्मरण गर्दै यसको लागि दीर्घकालीन समाधानका लागि रिउ करिडोरको व्यवस्थापन गराएर अगाडि बढ्नुपर्ने बताए ।

आँफू सधैं माडीको समस्याप्रति चिन्तित रहेको बताउँदै आफ्नो कार्यकाल भित्र नै चितवन राष्ट्रिय निकुञ्जको बाटोलाई धुलोरहित बनाउन पहल गर्ने समेत प्रतिबद्धता जाहेर गरे । यस्तै उनले भूकम्पबाट क्षति भइ मृत्यु वरण गरेका रुकुम र जाजरकोटका परिवार र घाइतेहरुको उद्वारमा लाग्न सरकारलाई अपिल समेत गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>