चितवन विशेष
आकस्मिक दुर्घटनाहरुमा नागरिकलाई कसरी बचाउँने भन्ने विषयमा भरतपुरमा कार्यशाला

चितवन, कात्तिक १९-
भरतपुरमा कार्यस्थल वा अन्यत्र जतासुकै हुने दुर्घटनाहरुबाट नागरिकलाई कसरी जोगाउने भन्ने विषयमा कार्यशाला गरिएको छ ।
चितवन रोटरी क्लब र चितवन रोटर्याक्ट क्लबको संयुक्त आयोजना मा ‘तपाइँले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ’ शीर्षकमा सो कार्यशाला गरिएको हो ।
यु क्यान सेभ फाइभ लाइभ्स संस्थाका संस्थापक डा. लक्ष्मी पन्थीले हृदयघात हुने, बाह्य रक्तस्राव, सीपीआर, बेहोसलगायत, घाँटीमा केही अड्किएर वा सर्किएका बिरामीलाई तत्काल बचाउन गरिने विधि, हृदयघात हुँदा तत्काल र अन्तिम अवस्थामा बचाउने विधि, घटनास्थलमा रक्तस्राव तत्काल रोक्ने प्रक्रिया र विधिहरु, बेहोस हुँदा अपनाउनुपर्ने पीसीआर विधि, आपत्कालीन अवस्थामा देख्ने व्यक्तिले तत्काल घट्नास्थलमै बचाउन सक्ने प्रयोगात्मक विधिबारे तालिम दिएकी छन् ।
तालिम पश्चात् रोटरी क्लब अफ चितवनका सम्पादक एवम् उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्तले कार्यस्थल, दुर्घटना स्थल वा अन्य कुनै पनि स्थानमा हुने आकस्मिक घटना मा व्यक्तिको जीवन बचाउन तालिम सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ चितवनकी अध्यक्ष प्रभा गुरुङले आपतकालिन अवस्थामा जीवन बचाउन उपयोगी हुने यस प्रकारको तालिम सम्पूर्णले लिनुपर्ने बताइन् । उक्त कार्यक्रममा रोट्याक्ट क्लब अफ भरतपुर हाइटका अध्यक्ष सुरज भण्डारीले पनि शुभकामना मन्तव्य राखे । क्लबका सदस्य तथा मेडिकल विद्यार्थीहरु गरी ५५ जना सहभागी उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव बिपाशा घिमिरेले गरेकी थिइन् ।
सोही तालिममा अन्तर्राष्ट्रिय शान्तिदुत गिनिज बुक अफ द वल्ड रेकर्ड होल्डर प्रेम रावतको पिस एजुकेसन कार्यक्रम पनि देखाइएको थियो र हिएर योर्सेल्फ भन्ने विश्व चर्चित पुस्तक पनि आत्मज्ञान प्रचार संघद्वारा हियर योरसेल्फ किताब हस्तान्तरण गरिएको थियो।

























