चितवन विशेष

जाजरकोटका भूकम्पपीडितहरूको लागि नारायणगढ रोटरीको सहयोग

Banner

चितवन, कात्तिक १९-

जाजरकोटका भूकम्पपीडितहरुको लागि नारायणगढ रोटरीले विभिन्न सामग्रीहरु सहयोग गरेको छ ।

गत शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यानगुमाएकाहरू प्रति रोटरी क्लब अफ नारायणगढले शोक व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना सहित सो सहयोग गरेको हो ।

उक्त क्षेत्रमा भूकम्पले प्रभावितहरूको सहयोगको लागि नारायणगढका व्यवसायी एवम् समाजसेवी उज्ज्वल श्रेष्ठकोे नेतृत्वमा जाजरकोट गएको टोलीमार्पmत् करिब एक लाख सात हजार रुपैयाँ बराबरको कम्बल र त्रिपालसहितको राहत सामग्रीहरू पठाएको नारायणगढ रोटरी क्लबका सचिव सेवन पन्तले नारायणी अनलाइनलाई जानकारी दिए । त्यसै गरी सोही टोलिमार्पmत स्पाउजक्लब अफआरसी नारायणगढले पनि राहत सामग्रीहरू पठाएको स्पाउज क्लबकी अध्यक्ष पूर्णिमा श्रेष्ठले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>