Breaking News
डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ जना घाइते
०

काठमाडौं, कात्तिक १९-
डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो।
दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवासवले जानकारी दिए। उनका अनुसार ८ महिनाको बच्चासहित तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जिप खोलामा रहेको र उद्दारमा कठिनाइ भएको उनले बताए।
दुर्घटना ६ जना घाइते भएका छन्। उनीहरूको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए। मृतकको सनाखत हुन बाँकी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























