चितवन विशेष

चितवनको एमाले निकट निर्माण व्यवसायीमा केशवप्रसाद लामिछानेको नेतृत्व

Banner

चितवन, कात्तिक १८-

नेकपा एमाले निकट निर्माण व्यवसायीको अध्यक्षमा केशवप्रसाद लामिछाने चयन भएका छन् ।

आज भरतपुरमा सम्पन्न चितवन जिल्लामा रहेका निर्माण व्यवसायीहरुको पहिलो अधिवेशनले लामिछानेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा पुस्तकप्रसाद गौतम, महासचिवमा शंकर अधिकारी, कोषाध्यक्षमा ईन्द्र भण्डारी रहेका छन्् ।

सदस्यहरुमा गोविन्द ढकाल, मनोज अर्याल, दिपक पौडेल, मुन्ना मिया, अशोक कार्की, गंगाप्रसाद अर्याल, टिकाराम पाठक, नवीन कुमार थापा, तारा दवाडी, विकास रेग्मी, पदम अधिकारी, विष्णुप्रसाद दाहाल र राजिव सडौला रहेका छन् ।

नेपाल निर्माण उद्योग परिषद् चितवनका संयोजक केशवप्रसाद लामिछानेको संयोजकत्वमा भएको अधिवेशनमा नेकपा(एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमलराज पाठक, नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय सदस्यहरु दिनेशचन्द्र न्यौपाने, होमकुमार शर्मा, पार्टी जिल्ला कमिटी सदस्यहरु प्रकाश भट्ट, सुशिल केसी, नेपाल निर्माण उद्योग परिषद्का सल्लाहकारहरुलगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>