Breaking News

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १३२ जनाको मृत्यु, १४० घाइते

Banner

जाजरकोट, कात्तिक १८-

पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ ।

शनिवार बिहान साढे ९ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ ।

शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>