देश/प्रदेश

देश टाइटनिक डुबेजस्तै डुब्दैछः सिके राउत

Banner

काठमाडौँ, कात्तिक १६-

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले देश टाइटनिकजस्तै डुबिरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे ।

उनले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको बताए । उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए । उनले अध्याँरो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौमसत्ता सम्पन्न भन्न नसकिने उल्लेख गरे।

चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको उनको भनाइ थियो । ‘नयाँ शक्तिलाई लक्षित गर्छौं, चियापान समारोहमा बोलाउँछौँ र त्यहाँ भन्छौँ– यी नयाँलाई त हामी भष्म पार्दिन्छौँ भन्छौं । कस्तो खालको आक्रोश हो ? आफूभित्र समीक्षा गर्न सक्नुहुन्न ? जनताको आवाज उठेपछि त्यो सुन्नुपर्छ । जनताको कुरा उठेपछि बत्ती बल्छ, लामो भाषण गर्दा केही हुँदैन थियो । देश टाइटनिक डुबेजस्तै डुब्दैछ,’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>