चितवन विशेष

प्रदेश मन्त्री जोशी भन्छन्ः माडीको बघौडा अस्पताललाई विषेशज्ञ अस्पताल बनाउँँछु

Banner

चितवन, कात्तिक १६-

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले माडीको बघौंडा अस्पताललाई विशेषज्ञ अस्पताल बनाउन आवश्यक बजेट विनियोजन गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा अन्तरङ विभागको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्त्री जोशीले यस्तो बताएका हुन् ।

माडीका जनप्रतिनिधि र राजनीतिक दलहरुले प्रादेशिक अस्पताल बनाउन जोडबल गरिरेको स्मरण गर्दै कुनै एक रोगसम्बन्धी विशेषज्ञ अस्पताल बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकारका तर्फबाट हनुमानझुलामा ल्याब स्थापनाका लागि आवश्यक सहयोग गर्ने समेत उनको प्रतिबद्धता थियो । यसैगरी अहिले पाँच वटा विद्यालयमा नर्सको व्यवस्था रहेकोमा थप एक वटा विद्यालयमा समेत नर्सको व्यवस्था गर्ने उनले बताए ।

यसबाहेक प्रदेश सरकारका तर्फबाट बघौंडा अस्पतालका डाक्टरहरुलाई पोष्टमार्टम तालिम दिइने र अस्पतालमा छात्रवृत्ति करार डाक्टरहरु थप गर्ने तथा थप मेडिकल सामग्रीहरु पठाउने पनि उनले बताए । अस्पताललाई हुने खाने भन्दा हुँदा खाने वर्गको पहुँच पु¥याउने लक्ष्यका साथ काम गरिरहेको उनको भनाइ थियो । प्रदेश स्वास्थ्य मन्त्रीका रुपमा आफूमा सबैले देख्ने, सुन्ने र महसुस गर्नसक्ने गरी काम गर्ने चाहना रहेको उनको भनाइ थियो ।

उनले आफू स्वास्थ्य मन्त्री भएपछि बघौडा अस्पतालको स्तरोन्नतिका लागि २० लाख हनुमानझुलामा पाँच लाख बजेट बिनियोजन गरि पठाएको जानकारी गराए । साथै उनले बघौडा अस्पतालका लागि ४० लाख रुपैयाँ बराबरको आवश्यक स्वास्थ्य सामग्री पठाइएको पनि बताए । उनले उक्त सामग्रीको निरीक्षण समेत गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>