समाचार

रिगल कैद मिनाहा प्रकरण : आज निर्णय सुनाइने

Banner

काठमाडौं, कात्तिक १६-

सरकारबाट कैद मिनाहा पाएका योगराज ढकाल (रिगल) विरुद्धको मुद्दामा हिजो (बुधवार) नै सुनुवाइ सकेको सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ ।

कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीवार निर्णय सुनाउने आदेश दिएको हो।

उक्त रिटमाथि यही मंगलबार र बुधबार सर्वोच्चमा सुनुवाइ भएको थियो।

आफ्ना पति चेतन मानन्धरको हत्या गर्नेलाई आमा माफी दिन नहुने भन्दै राष्ट्रपतिको निर्णय खारेजीको मागसहित भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>