Uncategorized

भरतपुर भ्रमण बर्षका लागि ६ करोड बजेट

Banner

चितवन, कात्तिक १५-
चितवनको भरतपुर महानगरपालिकाले भ्रमण बर्ष २०२४मा तीन लाख पर्यटक भित्र्याउने गरी तयारी थालेको छ । पुस १५ गते भव्य उद्घाटन गर्ने गरी मुल आयोजक समिति र २९ वटा उपसमिति बनाएर कामलाई तिब्र पारिएको महानगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्य मुल आयोजक समिति र उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिएको छ ।

भ्रमण बर्ष सफल बनाउनका लागि छ करोड रुपैयाँ खर्च लाग्ने महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । भ्रमण बर्ष सञ्चालन गर्न संघिय र प्रदेश सरकारबाट समेत बजेट विनियोजन भएको उनले बताइन् । ‘हामीले तीन करोड ७० लाख रुपैयाँ विनियोजन गरेका छौँ । संघ र प्रदेश सरकारबाट एक, एक करोड आउने अपेक्षा छ,’ उनले भनिन् । एक वर्षमा कम्तीमा तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने गरी तयारी भएको प्रमुख दाहालले बताइन् । भरतपुर, सौराहा, नवलपुर क्षेत्रमा गरि एक दिनमा साढे १५ हजार पर्यटक अट्ने होटल रहेको छन् । भरतपुर महानगरपालिका भित्र ७ हजारको पर्यटक अट्ने क्षमता रहेको महानगरपालिकाको दाबी छ ।

देश आर्थिक रुपमा सवल नभए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान गराउन सफल हुने उनको विश्वास छ । महानगरपालिका भित्र मात्रै ३१ वटा पर्यटकीय केन्द्र रहेकाले यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जन र नयाँ स्थानको अनुभव लिने उनले बताइन् । चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी देवघाट, क्रुजशिप, दियालो बङ्गला अम्रेला स्टेट, निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला लगायत महानगरको प्रमुख पर्यटकीय क्षेत्र हुन् ।

आन्तरकि र बाह्य पर्यटकलाई भित्र्याउने गरी काम थालिएको छ । तर युक्रेन, रसिया, इजरायलमा भएको युद्ध र आर्थिक मन्दिका कारण चुनौती रहेको महानगरपालिकाले महशुस गरेको छ । ‘रसिया, युक्रेन यद्ध छन् । देशमा आर्थिक मन्दि छ । यसले भ्रमण बर्ष रोक्ने हो कि सञ्चालन गर्ने दोधारमा छु,’उनले भनिन् ‘तर असहज परिस्थितिका बिच पनि आटिएको छ । भ्रमण बर्ष सफल बनाउन सबै नागरिक लाग्न अनुरोध गर्दछु ।’

अहिले भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । यहाँ धुलो त्यतिकै छ । दुई महिना भित्र धुलो रहित बनाउने गरि काम अगाडि बढेको उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनले एकता र सद्भावका साथ सहयोग गर्न भरतपुर बासीलाई अपिल समेत गरेका छन् । महानगरपालिकाले भ्रमण बर्षको तयारी स्वरुप वडा वडामा प्रर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । त्यस्तै गैरआवसीय नेपाली संघको समन्वयमा ५२ देशमा प्रचार प्रसार समिति समेत गठन गरिएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा.विश्व सुवेदीले जानकारी दिए ।
भरतपुर महानगरपालिका भित्र हात्ति सफारी, जिप सफारी, नारायणी नदीमा मिनि पानी जहाजको, टे«किङ तथा विभिन्न सांस्कृतिक गतिविधि हेर्न सकिन्छ । महानगरपालिका संगै यससंग जोडिएका स्थानीयसंग पनि समन्वय गरिएको उनले बताए ।

 

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>