घटना -दुर्घटना

मधेस प्रदेशका ऊर्जा राज्यमन्त्री चढ्ने गाडीको ठक्करबाट तीन घाइते, एक गम्भीर

Banner

जनकपुरधाम, कात्तिक १५-

मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् ।

सर्लाहीको बरहथवा नगरपालिका–९ मुक्तेश्वर चोकमा राज्यमन्त्री चढ्ने मधेस प्रदेश ०२–००१ झ ०२४० नम्बरको गाडीले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन्।

मंगलबार बेलुकी करिब ७ बजेतिर गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट बरहथवा नगरपालिका ५ का १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका १८ वर्षीय दीपक महतो र बागमती नगरपालिका १० शंकरपुर का १९ वर्षीय अजय महतो घाइते रहेको प्रहरीले जनाएको छ ।

तीनै जना घाइतेको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक छ ।

दुर्घटनालगत्तै गाडी चालक फरार भएका थिए । चालकको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>