अपराध

काठमाडौँको गोठाटारमा गोली चल्यो, पेस्तोलसहित २ जना पक्राउ

Banner

काठमाडौं, कात्तिक १५-

काठमाडौंको गोठाटारमा गोली चलेको छ । प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट २०० ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ ।

प्रहरीले चलाएको एक राउन्ड गोली लागेर भारतको नक्सलबाढीका ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् । झापाको कचनकवल–८ का हर्क लिम्बु पनि पक्राउ परेका छन्। लिम्बु सहयोगी भएको बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>