क्रिकेट

टी–२० विश्वकप एसिया छनोट : नेपालले आज मलेसियासँग खेल्दै

Banner

काठमाडौं, कात्तिक १४-

घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर हुनेछ ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच बिहान ९ बजे खेल सुरु हुनेछ । यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

यस्तै नेपालको नजर जितका साथै नेट रनरेटमा पनि हुनेछ । ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुने प्रावधान छ ।

त्यसैले अहिले नेपाली टोली ९ वर्षपछि फेरि टी–२० विश्वकपमा पुग्ने एक मात्र लक्ष्यका साथ खेलिरहेको छ ।

मंगलबार कुल चार खेल हुनेछ । ओमान र सिंगापुरबीचको खेल टीयू मैदानमै बिहान ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । मुलपानी मैदानमै यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>