चितवन विशेष

चितवनमा डेँगु संक्रमितको संख्या झण्डै १२ सय पुग्यो, २४ घण्टामा ९ जना थपिए

Banner

चितवन, कात्तिक १३-

चितवनमा डेँगु संक्रमितको संख्या झण्डै १२ सय पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि आजसम्म एक हजार १८० जनालाई सो संक्रमण देखिएको हो ।

कार्यालयका अनुसार बिगत २४ घण्टामा थप नौं जनामा डेँगु देखिएको छ । संक्रमित मध्ये भरतपुर महानगरपालिकाका ४५७ जना, खैरहनी नगरपालिकाका १२० जना, माडी नगरपालिकाका १४ जना, रत्ननगर नगरपालिकाका १२१ जना, राप्ती नगरपालिकाका ५१ जना, कालिका नगरपालिकाका १३ जना, इच्छाकामना गाउँपालिकाका ४० जना रहेका छन् ।

त्यसैगरी डेँगु संक्रमितमध्ये ठेगना नखुलेको १२३ जना, अन्य जिल्लाबाट आएका २४१ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>