बजार

अर्थिक मन्दीका कारण घट्यो मोबाइल आयात

Banner

काठमाडौं, कात्तिक १२-

चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना ९साउनदेखि असोज० सम्ममा मोबाइल आयात घटेको छ। गत आर्थिक वर्ष २०७९/८० सोही महिनाको अवधिको तुलनामा मोबाइल आयात घटेको हो।

यस वर्ष असोज महिना सम्ममा १० लाख १५ हजार बढी सेट मोबाइल आयात भएको छ। यो गत वर्ष सोही महिनाको तुलनामा २० प्रतिशतले न्यून हो।

गत वर्ष असोज सम्ममा १२ लाख ७४ हजार सेट मोबाइल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। अर्थिक मन्दीका कारण मोबाइल आयात घटेको व्यवसायीहरू बताउँछन्।

नेपाली बजारमा विभिन्न देशबाट मोबाइल आयात हुन्छ। भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी चीन र भारतबाट आयात हुने गरेको छ।

झिटी गुन्टा आदेश अनुसार विदेशबाट फर्कने यात्रुले साथमा नयाँ एक सेट मोबाइल ल्याउन पाउँछन्। त्यसको तथ्यांक भने विभागसँग हुँदैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>