Breaking News

सन्दीपलाई समेट्दै विश्वकप क्वालिफायर खेल्ने नेपाली टिमको घोषणा

Banner

काठमाडौँ, कात्तिक ११–

नेपाल क्रिकेट संघ (क्यान)ले स्टार स्पिनर सन्दीप लामिछानेलाई समेट्दै आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल खेल्ने अन्तिम टोली घोषणा गरेको छ ।

सोमदारदेखि सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । हिजो मात्रै सम्पन्न त्रिकोणात्मक सिरिजमा सन्दीप लामिछाने खेलेका थिएनन् । परिवारका लागि समय दिने भन्दै सन्दीप उक्त प्रतियोगिता खेलेका थिएनन् । नेपालले घोषणा गरेको अन्य खेलाडी परिवर्तन गरेको छैन । अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन् । त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन् ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल यसअघि सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसपश्चातको विश्वकपमा स्थान बनाउन नसकेको नेपाल अहिले उपाधिको प्रमुख दाबेदार टोली हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>