बजार
दुई महिनामा चीन र भारतबाट साढे ६ करोडको तास आयात
०

काठमाडौ,कात्तिक ९-
नेपालमा चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा करिब साढे ६ करोडको तास आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको छ । सरकारले चार करोड चार लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार नेपालले भारत र चीनबाट तास आयात गरेको छ ।
भारतबाट ४३ लाख ६३ हजारको तास आयात गरेको छ भने चीनबाट ६ करोड एक लाख २१ हजारको तास आयात भएको भन्सार विभागले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























