भरतपुर

रूपन्देहीमा पतञ्जलीले एक अर्ब लगानीमा आयुर्वेदिक औषधि उद्योग खोल्ने

Banner

बुटवल, कात्तिक ९-

भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ। पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग पनि सञ्चालन गर्ने जनाएको छ।

योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जनाएका हुन्। नेपालका हरेक वनजंगल, पहाड, खोला खोल्सीमा जडिबुटीहरूको भण्डार छ। तर ती जडिबुटीको उचित प्रयोग हुन सकेको छैन, आचार्य बालकृष्णले भने। जडिबुटी बिक्रीका लागि कुनै पनि बजारको खोजी गर्नुनपर्ने समेत उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>