Breaking News

त्रिकोणात्मक सिरिजः अन्तिम खेलमा आज युएई र हङकङ भिड्दै

Banner

काठमाडौँ, कात्तिक ८–

काठमाडौँको मुलपानीमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत लिगको अन्तिम खेलमा आज युएई र हङकङ भिड्दै छन् ।

३ खेलमा एक जित र दुई हार व्यहोर्दै युएई २ अंकका साथ दोस्रो स्थानमा छ भने ३ खेलमै पराजित हङकङ पुछारमा छ । फाइनलमा पुग्न आजको खेल हङकङ र युएईलाई जित्नै पर्ने दवाब छ । युएई विजयी भएमा सहजै फाइनलमा प्रवेश गर्ने छ भने हङकङ विजयी भएमा नेटरनरेटको आधारमा फाइनल तय हुनेछ ।

युएईले एक खेलमा हङकङलाई पराजित गरि सकेकाले युएईको मनोबल उच्च छ । जारी प्रतियोगितामा नेपाल ४ खेलमै विजयी हुँदै फाइनल प्रवेश गरि सकेको छ । नेपालले युएई र हङकङविरुद्धको दुवै खेलमा सहजै जित हात पारेको थियो । फाइनल खेल कात्तिक १० गते टियु क्रिकेट मैदानमा हुँदैछ ।

यस सिरिजलाई टि–२० विश्वकप एशिया क्वालिफायरको तयारीको रुपमा लिइएको छ । यही कात्तिक १३ गतेदेखि मुलपानी र टियु क्रिकेट मैदान विश्वकप क्वालिफायर प्रतियोगिता सुरु हुँदैछ । सो प्रतियोगितामा नेपाल समूह (ए) मा ओमानसहितको समूहको रहेको छ भने युएई र हङकङ समूह (बी) मा रहेका छन् ।

फाइनल पुग्ने दुई टोली सन् २०२४ मा अमेरिका र वेष्टइन्डिजमा हुने टि–२० विश्वकपमा छनोट हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>