Breaking News

युएइलाई पराजित गर्दै एसीसी यु १९ प्रिमियर कपको उपाधि नेपाललाई

Banner

काठमाडौँ, कात्तिक ७–

एसीसी यु–१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ । वर्षाले प्रभावित खेलमा डिएलएस मेथडबाट नेपाल विजयी भएको हो । युएईले नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा दुई पटक खेल वर्षाले अवरुद्ध भएको थियो । त्यसपश्चात खेल २७ ओभरमा घटाएपछि युएईले २७ ओभरमा १९८ रनको अर्को लक्ष्य पाएको थियो ।

युएई २६.५ ओभरमा १७८ रन बनाउँदै अलआउट भयो । युएईका लागि ध्रुव प्रसारले सर्वाधिक ५९ रन बनाए भने आरायन्स शर्माले ३२ र आयन अफजल खानले ३० रन बनाए ।

नेपालका लागि अकाश त्रिपाठीले ४, सुवास भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपाल ८ विकेटको क्षतिमा २८० रन बनाएको थियो । नेपालका कप्तान देव खनालले एक सय रनको शतकीय पारी खेले । विकेट किपर उत्तम थापा मगरले ५७ रनको अर्धशतकीय पारी खेले । ओपनर अर्जुन कुमालले ५५ रनको अर्धशतकीय पारी खेल्दा अर्का ओपनर दिपक प्रसाद डुम्रेले २८ रनको योगदान दिए ।

युएईका लागि हरित सेठ्ठीले ५, आयन अफलजल खानले २, अम्मर बदामीले एक विकेट लिए । प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि उचाल्न सफल भएको हो । फाइनलमा पुगेसंगै पाकिस्तानमा हुने यु १९ एशिया कपमा नेपालले स्थान बनाई सकेको थियो । नेपाल र युएईसंग तेस्रो स्थानमा रहँदै जापान पनि पहिलोपटक एशिया कपमा छनोट भएको छ ।

फाइनल खेलको प्लेयर अफ दि म्याच कप्तान देव खनाल घोषित भए । यस्तै प्रतियोगितामा बेस्ट ब्याटरको अवार्ड पनि खनालले नै जिते भने बेस्ट बल युएइएका आयन अफजल खान भए । उनले कुल १८ विकेट लिएका थिए । यस्तै प्लेयर अफ सिरिजको अवार्ड भने नेपालका दिपेश कँडेल घोषित भए । उनले राम्रो इकोनोमिका साथै १८ विकेट लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>