Breaking News

एसीसी यु १९ प्रिमियर कप फाइनलः वर्षाले नेपाल र युएईबीचको खेल फेरि रोकियो

Banner

काठमाडौँ, कात्तिक ७–

वर्षाका कारण एसीसी यु १९ प्रिमियर कपको उपाधिका लागि भइरहेको नेपाल र युएईबीचको खेल फेरि वर्षाले रोकिएको छ । दोस्रो इनिङको सुरुवातमै पानी परेपछि केहीबेर खेल रोकिएको थियो । खेलको ११औं ओभर समाप्तीपछि पुनः वर्षाका कारण खेल रोकिएको हो ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याई रहेको युएई २ विकेटको क्षतिमा ५० रन बनाएको छ । अहिले क्रिजमा कप्तान आयन अफ्जल खान (०) र ध्रुभ परासर (१६) रहेका छन् । नेपालका लागि सुवास भण्डारी हेमन्त धामीले समान एक विकेट लिएका छन् ।

यसअघि पहिले व्याटिङ गरेको नेपाल ८ विकेटको क्षतिमा २८० रन बनाएको थियो । नेपालका कप्तान देव खनालले एक सय रनको शतकीय पारी खेले । विकेट किपर उत्तमले अर्धशतक प्रहार गरे । जारी प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो ।

फाइनलमा पुगेसंगै पाकिस्तानमा हुने यु १९ एशिया कपमा नेपालले स्थान बनाई सकेको छ । नेपाल र युएईसंग तेस्रो स्थानमा रहँदै जापान पनि पहिलोपटक एशिया कपमा छनोट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>