क्रिकेट

दक्षिण अफ्रिकाले दिएको ४ सय रनको विशाल लक्ष्य पछ्याउँदै इंग्ल्याण्ड

Banner

काठमाण्डौँ कात्तिक ०४-
आईसिसि क्रिकेट विश्वकप २०२३ अन्तर्गत दिनको दोस्रो खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्ड सामु ४ सय रनको विशाल लक्ष्य पेश गरेको छ ।

इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३९९ रन बनायो । दक्षिण अफ्रिका यस विश्वकपमा दोस्रो पटक ४०० रन पार गर्न बाट भने चुक्यो । यसै विश्वकपमा श्रीलंका विरुद्ध दक्षिण अफ्रिकाले ४२८ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासनले शतकीय पारी खेल्दै सर्वाधिक १ सय ९ रन बनाए । उनले मात्र ६७ बलमा १२ चौका र ४ छक्का प्रहार गरे । ओपनर रिजा हेन्ड्रीक्सले ८५ रनको योगदान गरे । उनले ७५ बलमा नौं चौका र तीन छक्का प्रहार गरे। यस्तै र्यासी भ्यान डर डसेनले ६१ बलमा आठ चौका सहित ६० रन बनाए ।

ओपनर क्विन्टन डीकक चार रन बनाएर दोस्रो बलमा नै आउट भएपछि हेन्ड्रीक्स र भ्यान डर डसेनले तेस्रो विकेटका लागि १२१ रनको साझेदारी गरेर इनिङ सम्हालेका थिए । यस्तै कप्तान एइडन मारक्रमले ४४ बलमा ४२ रन बनाए। डेभिड मिलरले भने पाँच रन मात्र बनाउन सके । जेराल्ड कोटजीले तीन रन बनाए । मार्को यानसनले अभिजित रहँदै ४२ बलमा ७५ रन प्रहार गरे। उनले तीन चौका र छ छक्का प्रहार गरेका हुन् । यस्तै केशव महाराज एक रनमा नटआउट रहे ।

इंग्ल्याण्डका लागि रिस टोप्लीले सर्वाधिक तीन विकेट लिएपछि महंगो सावित भएका थिए । उनले ८।५ ओभरमा ८८ रन दिएका थिए। यस्तै दुई विकट लिएका गस एटकिन्सनए नौं ओभरमा ६० रन दिदा आदिल रशिदले १० ओभरमा ६१ रन खर्चिदै दुई विकेट नै लिए । विकट लिन नसकेका डेभिड विलिले नौं ओभरमा ६१ रन दिए भने जो रुटले ६।१ ओभरमा ४८ रन दिए । पेसर मक वुड लान्ज महंगो सावित हुँदै सात ओभरमा ७६ रन दिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>