Breaking News
भरतपुरमा निर्माणाधीन छ लेन सडकको खाल्डोमा भेटियो पुरूषको शव
०

चितवन, कात्तिक ४-
भरतपुरमा निर्माणाधीन छ लेन सडकको खाल्डोमा एक व्यक्तिको शव फेला परेको छ। भरतपुर १० भाटभटेनी सुपरमार्केट नजिकैको खोल्सोमा दिउँसो साढे १ बजे शव भेटिएको हो। मृत व्यक्ति भरतपुर-१० बस्ने अन्दाजी ४५ वर्षका प्रकाश आले मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पंडितले जानकारी दिए।
मृत व्यक्ति शारीरिक अपांगता भएको व्यक्ति रहेको र नाला तर्ने क्रममा खसेको हुनसक्ने प्रहरीको अनुमान छ। उनी घोप्टो परेको र अनुहार पानीमा डुबेको अवस्था भेटिएका थिए। उनले मदिरा सेवन गरेको हुनसक्ने आशंका पनि प्रहरीको छ। प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ। शव पोष्टमर्टमका लागि भरतपुर अस्पतालमा पठाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























