Breaking News

नेपाल यु–१९ एसिसि प्रिमियर कपको फाइनलमा प्रवेश, पाकिस्तानमा हुने एसिया कपमा छनोट

Banner

काठमाडौँ, कात्तिक ४–

नेपाल एसीसी यु–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसंगै नेपाल पाकिस्तानमा हुने एसियाका लागि पनि छनोट भएको छ ।

वर्षाले प्रभावित सेमिफाइनल खेलमा समूह डीको विजेता जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । समूह सेमीफाइनलसम्म अपराजित रहँदै नेपाल फाइनलमा स्थान बनाउन सफल भएको हो ।

नेपाल २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रनको स्थितिमा रहँदा वर्षाले खेल बाधक बनाएको थियो । त्यसपछि लामो समय वर्षा हुँदा जापानले २२ ओभरमा जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि लागि ओपनर दीपक बोहोराले ७० बलमा ७९ रन जोडे ।

दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । त्यसअघि ओपनर अर्जुन कुमाल १० रनमा क्याच आउट भएका थिए । २३ बलमा १ चौका प्रहार गरेका उनी डिप स्क्वायर लेगमा क्याच आउट भएका थिए ।

क्रिजमा रहेका आकाशले ३५ रन र कप्तान देव खनालले ८ रन जोड्दा आकाशले ४७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

जवाफमा जापान ११.५ ओभरमा ४३ रनमा अलआउट भएको थियो । जापानका शोतारो हिरात्सुकाले १५ र किफ़र यामामोटोले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दीपेश कंडेलले ३–३ विकेट लिए । सुभाष भण्डारीले २ र आकाश चन्दले १ विकेट हात पारे । नेपालले उपाधिका लागि मंगलबार हुने फाइनल खेलमा चिरपरिचित प्रतिद्धन्द्धी यूएईको सामना गर्नेछ । यूएईले अर्को सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो ।

प्रतियोगिताको शीर्ष ३ टोलीले पाकिस्तानमा हुने यु–१९ एसिया कप खेल्नेछन् । नेपाल र यूएई एसिया कपमा पुगेका छन् । अब जापान र सिंगापुरले तेस्रो स्थान र एसिया कपमा स्थान बनाउन खेल्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>