समाचार

बोनस नदिएपछि सिजि ब्रुअरीका व्यवस्थापन अधिकारीमाथि कुटपिट

Banner

काठमाण्डौँ, कात्तिक ०२-

बोनसको विषयलाई लिएर सिजी ब्रुअरीमा कार्यरत मजदुरहरूले व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गरेका छन्। बुधबार ब्रुअरीमा कार्यरत मजदुरहरूले अनाधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि गरेका चौधरी समूहले जानकारी दिएको छ।

अर्थतन्त्र मन्दीबाट गुज्रिएको र शिथिल बजारमा नोक्सानीमा रहेको कम्पनीसँग बोनस माग्दै कुटपिटमा उत्रिनु निन्दनीय भएको चौधरी समूहले एक विज्ञप्ति जारी गर्दै बताएको छ। विज्ञप्तिमा भनिएको छ, ुदेशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्यून क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदुरहरूले अनाधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय छन्।

साथै, यस्ता गैर कानुनी क्रियाकलापको समाधान कानुन बमोजिम हुने पनि समूहले जनाएको छ। ब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना कर्मचारीलाई विगत वर्षहरूमा छ महिनासम्मको बोनस वितरण गरेको जनाएको छ।

अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भिर नकारात्मक असर ब्रुअरीमा परेको र अघिल्लो वर्षको तुलनामा ब्रुअरीका उत्पादनको बिक्रिमा २५ प्रतिशतले ह्रास आएको बताइएको छ।

यस्तो अवस्थामा कम्पनीले आफ्ना कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठिन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको र कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रुपमा कुटपिटमा उत्रिनु अशोभनिय रहेको विज्ञप्तिमा भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>