क्रिकेट

न्युजिल्यान्डले दियो अफगानिस्तानलाई २ सय ८९ रनको विजयी लक्ष्य

Banner

काठमाण्डौँ, कात्तिक ०१-
कप्तान टम लाथम र ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानलाई २ सय ८९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रन बनायो ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । कार्यवाहक कप्तान तथा विकेटकिपर टम लाथमले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रनको कप्तानी इनिङ खेले । एक समय ११० का अवस्थामा ४ विकेट गुमाएको न्युजिल्यान्डलाई खेलमा फर्काउन लाथम र फिलिप्सले पाँचौं विकेटका लागि १ सय ४४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । यी दुबै ब्याटर नविन उल हकको ४८ औं ओभरमा आउट भएका थिए ।

न्युजिल्यान्डलाई ओपनर डेभन कन्वे र विल योंगले ६ दशमलव ३ ओभरमा ३० रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । कन्वे मुजिब उर रहमानको बलमा २० रनमा एलबीडब्लू आउट भए । तर दोस्रो विकेटका लागि विल योंग र रचिन रविन्द्रले ७९ रनको साझेदारी विशाल योगफलको सम्भावना देखाएका थिए ।

रविन्द्र ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । उनी आजमतुल्लाह ओमरजाईको बलमा बोल्ड भएका थिए । त्यसै ओभरमा विल योंग पनि क्याच आउट भएका थिए ।

विल योंग ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । राशिद खानले डर्याल मिचेललाई १ रनमा क्याच गराएपछि न्युजिल्यान्ड १०९-१ को अवस्थाबाट ११०-४ को दयनीय अवस्थामा पुगेको थियो । तर त्यसपछि लाथम र फिलिप्सको शतकीय साझेदारीमा न्युजिल्यान्ड खेलमा फर्किएको थियो । मार्क च्यापम्यान १२ बलमा २ चौका र १ छक्कासहित २५ र मिचेल सान्टनार ७ रनमा नट आउट रहे ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले ७ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । नविन उल हकले ८ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । राशिद खानले १० ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले १० ओभरमा ५७ रन खर्चेर १ विकेट लिए । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>