चितवन विशेष

दसैँमा आगो लिएर आए चितवनका कवि गणेश श्रमण

Banner

चितवन, कात्तिक १ –

चितवनका कवि गणेश श्रमणको नयाँ कविता सङ्ग्रह ‘आगो लिएर गाउँगाउँमा’ दसैँको अवसरमा सार्वजनिक गरिएको छ ।

सम्पूर्ण किताब नारायणगढमा एक विशेष कार्यक्रम गरी चितवनका अग्रज साहित्यकार तथा समालोचकहरुले उनको कविता सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा कविता सङ्ग्रहमाथि टिप्पणी गर्दै समालोचक उदय अधिकारीले देशमा देखिएका सामाजिक र राजनीतिक विसंगतिप्रति श्रमणको कविताहरु लक्षित भएको बताए । उनले सामान्य विषयवस्तुलाई सरल ढंगबाट कवितामा प्रस्तुत गरिएको विचार राखे ।

त्यसैगरी अर्का समालोचक रमेश प्रभातले कार्यक्रममा श्रमणका कविताहरु गम्भीर मुद्रामा ध्यानमग्न भएर पढ्न मजा आउने बताए । उनले भने, ‘ आगो लिएर गाउँगाउँमा’ दोहो¥याएर पढ्दा झनै मजा आउँछ । कार्यक्रममा चितवनका अग्रज साहित्यकारहरु एलबी क्षेत्री र केदारानाथ खनालले नयाँ कृतिको लागि कवि श्रमणलाई शुभकामना दिए ।

चार खण्डमा ६० वटा कविता सङ्ग्रहित कृतिलाई फिनिक्स बुक्सले सार्वजनिक गरेको हो । ‘आगो लिएर गाउँगाउँमा’ भन्ने नयाँ कृतिको नाम राखिए पनि कुनै ध्वंसात्मक खालको विषय नसेमेटी आगोलाई चेतनाको विम्वको रुपमा प्रयोग गरिएको कवि श्रमणले जानकारी दिए ।

भरतपुर महानगरपालिका–५ रामवाग निवासी श्रमणले २०४६ सालको जनआन्दोलनबाट प्रभावित भएर कविता लेख्न सुरु गरेका हुन् । उनले यसअघि २०५७ सालमा ‘शब्दहरु अबिराम यात्रामा’ संयुक्त कविता सङ्ग्रह र २०६६ सालमा ‘शब्द क्रान्ति’ एकल कविता सङ्ग्रह प्रकाशित गरिसकेका छन् ।

पर्वतको कुर्गामा जन्मिएका श्रमणले चेतना र विद्रोहमा आधारित भएर सामाजिक विकृति र विसंगतिका विरुद्ध सरल भाषामा कविता लेख्न रुचाउँछन् । विभिन्न पत्रपत्रिकामा नियमित कविता छपाइरहने श्रमण झण्डै आधादर्जन साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित भएका छन् । कविताको चिन्तन, अध्ययन, विश्लेषणमा रमाउने नेपाली विषयका प्राध्यापकसमेत रहेका श्रमणको वास्तविक नाम गणेशप्रसाद शर्मा हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>