देश/प्रदेश

नेपालका लागि भारतले कोटा तोकेर चामल निर्यात खोल्यो

Banner

काठमाण्डौ,कात्तिक १-

भारतले नेपालका लागि कोटा तोकेर चामालको निर्यात खुला गरेको छ । भारतको वाणिज्य विभागले निकालेको सूचनामा नेपालका लागि ९५ हजार टन चामल निर्यातको अनुमति दिइएको उल्लेख छ ।

यो चामलको निर्यात भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत हुनेछ । भारतले गएको साउनको पहिलो हप्ता बासमती बाहेकका चामलको निर्यातलाई रोक लगाएको थियो । भारतले आफ्नो स्थानीय बजारमा मूल्यवृद्धि रोक्न भन्दै निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चामलको भाउ बढेको थियो । नेपाल सरकारले एक लाख टन चामल आयातको अनुमति दिन माग गर्दै भारत सरकारलाई पत्र लेखेको थियो ।

भारतले नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्स, गिनी र सेशेल्सका लागि कोटा तोकेर चामल निर्यात खुला गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>