Uncategorized

संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैनः उप्रधानमन्त्री खड्का

Banner
भक्तपुर, असोज ३० –
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “संविधान कार्यान्वयनका चुनौती अझै बाँकी रहेका छन्, त्यसप्रति सजग हुन आवश्यक छ, संविधानले दिएको मौलिक हक जोगाउने चुनौती थपिएको छ, यसमा कांग्रेस जिम्मेवार भएर लाग्नुपर्छ ।” विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताउँदै उहाँले संविधानको कार्यान्वयनमा चिन्ता र चुनौती थपिँदै गएको बताउनुभयो । दलहरूले संविधान सभामार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीलाई दिएको विश्वास पूरा गर्ने प्रक्रिया अगाडि बढिरहेको उहाँको भनाइ थियो ।
मन्त्री खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया पनि शेरबहादुर देउवाको नेतृत्वमा तयारी गरेर प्रतिनिधिसभामा प्रस्ताव लिएर गए पनि त्यो प्रस्ताव एमालेको कारणले असफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको काँधमा स्थानीय तहदेखि केन्द्रसम्मै मुलुकको नेतृत्व गर्ने र जनतामा छाएको निरासालाई आशा र विश्वासको वातावरणमा बदल्ने चुनौती आएको छ, जनप्रतिनिधिले परिवारवाद, नातावाद र स्वार्थभन्दा माथि उठेर काम गरे देखापरेका चुनौतीमाथि जीत हासिल गर्न सक्नुपर्छ, अरुलाई दोष दिएर मात्र हुँदैन पहिला आफू दोषमुक्त हुन सक्नुपर्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>