अन्तर्राष्ट्रिय

अष्ट्रेलियाले बढायो विदेशी विद्यार्थीले भिसा पाउन जम्मा गर्नुपर्ने रकम

Banner

काठमाडौं, वैशाख २६-

अष्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई भिसा पाउन उनीहरूले जम्मा गर्नुपर्ने रकम बढाएको छ। आगामी शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलियाले विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम २९ हजार ७१० अष्ट्रेलियन डलर पुर्‍याएको हो।

अष्ट्रेलियाले यसअघि गत वर्षको अक्टोबरमा विद्यार्थीले बचत गर्नुपर्ने रकम बढाएको थियो।

विद्यार्थीहरूको चर्को आप्रवासनलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियन सरकारले ७ महिनामै नयाँ नीति लिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। अक्टोबरमा विदेशी विद्यार्थीहरूले भिसा प्राप्त गर्नका लागि बचत रकम बढाएर २४ हजार ५०५ अष्ट्रेलियन पुर्‍याएको थियो।

त्यसअघि विद्यार्थीले २१ हजार ४१ अष्ट्रेलियन डलर जम्मा गर्नुपर्थ्यो। अष्ट्रेलियाले कलेजहरूलाई पनि नक्कली नक्कली विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ।

विभिन्न बहानामा अष्ट्रेलिया प्रवेश गरी सेटिङ मिलाएर विद्यार्थी भिसामा रूपान्तरण गर्ने प्रवृत्ति बढेपछि कलेजहरूले त्यस्तो गरिएको पुष्टि भए कारबाही गर्ने चेतावनी दिइएको छ।

अष्ट्रेलियाका गृहमन्त्री क्लेर ओनीलले त्यस्ता ३४ कलेजहरूलाई पत्र पठाएर चेतावनी दिएको रोयटर्सले उल्लेख गरेको छ। त्यस्तो गरिएको भेटिए र पुष्टि भए कलेज सञ्चालकहरूलाई २ वर्षसम्म जेल हाल्ने र प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>