चितवन विशेष
भरतपुर–२१ मा व्यवसायी शुलभ सिग्देलद्वारा १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

चितवन, असोज २८-
भरतपुर महानगरपालिका–२१ कञ्चनबस्तीको आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई व्यवसायी शुलभ सिग्देलले शैक्षिक सामग्री सहयोग गरेका छन् ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न र गरिब समुदायका विद्यार्थीहरुलाई सीजी ल्याण्डमार्कको पपुलर युनिलक्स सैल्ुनका सञ्चालक सिग्देलले सो सामग्री सहयोग गरेका हुन् ।
विद्यालयका अध्यक्ष बाबुराम तिमिल्सिनाको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा कापी, पेन्सिल, पेन्सिलकटर र इलेजर बितरण गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष कृष्णकुमार गुरुङले व्यवसायी सिग्देललाई धन्यवाद दिँदै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा समाग्रीले सानो भए पनि टेवा पुग्ने आशा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक राजेन्द्र पाण्डेको संयोजनमा व्यवसायी सिग्देलले सो सहयोग गरेका हुन् । यसअघि पनि उनले विभिन्न विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुका साथै अन्य सामाजिक सेवाको काम गर्दे आएका छन् । सोही विद्यालयका झण्डै १०० जना विद्यार्थीलाई उनले एक महिना अगाडि निःशुल्क कपाल काटेर सहयोग गरेका थिए ।

























