क्रिकेट

बाबर आजमप्रति वसिम अकरमको आक्रोश: ‘अंकलको छोरालाई भारतीय जर्सी चाहिएको भए ड्रेसिङ रुपमा लिएको भए हुन्थ्यो’

Banner

काठमाडौँ, असोज २८-

आईसीसी एकदिवसीय विश्वकपको शनिबार सम्पन्न खेलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई सात विकेटले पराजित गर्‍यो । एकदिवसीय विश्वकपमा त्यो पाकिस्तानी टोलीले भारतसँग भोगेको आठौँ हार थियो ।

पाकिस्तानले विश्वकपमा हालसम्म भारतलाई हराउन सकेको छैन । त्यो हारलाई लिएर पाकिस्तानी समर्थकले आफ्ना खेलाडीको ब्यापक आलोचना गर्दै आएका छन् । त्यसमाथि त्यो खेलपछि भएको एउटा घटनाले पाकिस्तानी समर्थकलाई झनै आक्रोसित बनाएको छ ।

त्यो घटनालाई लिएर पाकिस्तानी समर्थकहरुले सामाजिक सञ्जालमार्फत आफ्ना खेलाडीको चर्को आलोचना गर्दै आएका छन् । त्यसमा पाकिस्तानका पूर्वखेलाडीहरु मिसिएका छन् । खासमा भारत र पाकिस्तानबीचको खेल सकिएपछि भारतीय टोलीका कप्तान विराट कोहलीले पाकिस्तानी टोलीका कप्तान बाबर आजमलाई मैदानमै जर्सी उपहार दिएका थिए ।

कोहलीले बाबर आजमलाई दिएको जर्सीमा भारतीय खेलाडीले हस्ताक्षर गरेका थिए । बाबर आजमले मागेकाले नै सबै भारतीय खेलाडीको हस्तार गराएर कोहलीले त्यो जर्सी पाकिस्तानी कप्तानलाई उपहार दिएको समाचारमा जनाइएको छ । पाकिस्तानी टोलीका पूर्वकप्तान एवं आफ्नो समयका प्रभावशाली बलर वसिम अकरम पनि त्यो घटनालाई लिएर बाबर आजमप्रति आक्रोसित बनेका छन् ।

‘लाखौँ समर्थकले त्यो क्लिप पटकपटक हेरिरहेका छन् । एक त हाम्रा खेलाडीले निराशाजनक प्रदर्शन गरे । त्यसमाथि हाम्रा कप्तानको यो ब्यवहारले समर्थकको चित्त दुख्नु स्वभाविक हो,’ अकरमले एक पाकिस्तानी टोलिभिजनसँग कुराकानीका क्रममा भनेका छन् ।

अकरमले बाबर आजमलाई भारतीय टोलीको जर्सी उपहार नै चाहिएको भए ब्यक्तिगत रुपमा लिएको भए उपयुक्त हुने धारणा पनि ब्यक्त गरेका छन् । ‘त्यो ब्यक्तिगत चासोको विषय थियो । त्यसलाई यसरी सबैका अगाडि सार्वजनिक गरिनु आवश्यक थिएन,’ अकरमले भनेका छन्, ‘यदि बाबर आजमको अंकलको छोरालाई भारतीय खेलाडीले हस्ताक्षर गरेको जर्सी उपहार चाहिएको भए त्यसको आदान—प्रदान ड्रेसिङ रुममा गरेको भए पनि हुन्थ्यो ।’ एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>