चितवन विशेष

सहकारीले दिने ऋण उत्पादनसँग जोडिनु पर्छः मन्त्री उत्तम जोशी

Banner

चितवन, असोज २८-

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले गरेको ऋण लगानी उत्पादनसँग जोडिन आवश्यक रहेको बताएका छन् ।

नव चितवन बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभालाई आज भरतपुरमा सम्बोधन गर्दै उनले सहकारीको ऋण बिलाशितामा जोडिँदा सहकारीहरु समस्याग्रस्त बन्ने गरेको बताए ।

उनले भने ‘सहकारीको ऋण उत्पादनमा जोडिनु पर्छ । बिलाशितामा होइन ।’ ऋण प्रदान गर्दा बिलाशितामा हो कि उत्पादनका लागि हो भनेर संस्थाले समेत सोच बिचार गर्नुपर्ने उनको भनाइ थियो । पछिल्लो समय सहकारीहरुमा देखिएको समस्या बिलाशिताका वस्तुमा ऋण प्रदान गर्दा देखिएको उनले बताए । उनले थपे ‘व्यवसायिक घराना व्यक्तिहरुले सञ्चालन गरेको सहकारीमा समस्या देखिने गरेको छ ।’ सामान्य स्तरका जनताले दैनिकी चलाउनका लागि सञ्चालन गरेका सहकारीहरुको भविष्य भने राम्रो रहेको उनको भनाइ थियो ।

सहकारीका माध्यमबाट राष्ट्र निर्माणमा सहयोग पु¥याउनुपर्ने भन्दै उनले अहिलेका सहकारीहरुलाई कसरी अघि बढाउनुपर्ने भन्ने विषयमा सोच्नुपर्ने उनले बताए । समाज रुपान्तरणमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सहकारीले स्थानीय सरकारले गर्नुपर्ने कामहरु गर्दै आएको बताए ।

संस्थाका अध्यक्ष रामप्रसाद वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेस्कुनका सञ्चालक बिद्या कोइराला, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष पररमेश्वर खनाल, २३ का वडा अध्यक्ष दिपक दवाडीलगायतले बोलेका थिए । कार्यक्रममा संस्थाले शेयर सदस्यहरु विभिन्न बिधामा सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>