चितवन विशेष
रत्ननगरका २५ जना सेवा निवृत्त शिक्षक सम्मानित

चितवन, असोज २७–
नेपाल निवृत्त शिक्षक समाज रत्ननगरले २५ जना सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको छ ।
शनिबार समाजले नगरपालिका भित्र रहेका आधारभूत विद्यालयका निवृत्त शिक्षक २५ जनालाई सम्मान गरेको हो ।
कार्यक्रममा चार जना विसं २००६ मा जन्मेका ज्येष्ठ निवृत शिक्षकलाई समेत सम्मान गरिएको थियो । समाजले जन जागृति माविका निवृत्त शिक्षक विनोद प्रसाद, गोपी प्रसाद अधिकारीलगायतलाई सम्मान गरेको छ ।
नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय महासंघका अध्यक्ष धुव्रराज अर्याल, जिल्ला अध्यक्ष कमलीकान्त घिमिरेलगायतले सेवा निवृत्त शिक्षकहरुलाई सम्मानित गर्दै नजिकिँदै गरेको दसैँ, दीपावली र छठको शुभकामना दिए । कार्यक्रममा सहभागीहरुले दसैँको शुभकामनाको आदानप्रदानसमेत गरेको समाजका अध्यक्ष ऋषीराम बरालले नारायणी अनलाइनलाई जानकारी दिए । कार्यक्रमका लागि समाजलाई पञ्च कन्या मावि र स्काइराइडर आवासीय माविले आर्थिक सहयोग गरेका थिए ।
























