Breaking News

कांग्रेस ३२ सीटेको पछि हिँड्यो भन्ने ओलीलाई विश्वप्रकाशको कटाक्ष- आफैँ कोशीमा ८ सीटको पछि लाग्नुभयो नि

Banner

काठमाडौँ, असोज २७-

केही दिनअघि कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गरेका एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कटाक्ष गरेका छन्।

ओलीको उक्त अभिव्यक्तिप्रति जवाफ फर्काउदै काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अस्ति केपी कमरेडले आरामले भन्दिनुभयो कांग्रेस ३२ सीटेको पछि लागेको छ भनेर। हो त सही हो। उहाँले बनाएर हिँड्नुभयो हामीले सँगै लिएर हिँड्यौँ। पुस १० गते उहाँले बनाउनुभयो। आज म कसरी भनौँ तपाईँ कोशीमा कांग्रेसको ८ सीटको पछि लाग्नुभयो नि भनेर। त्यसैले हामीले जिम्मेवार भएर लागौँ।’

उनले एउटाले अर्कोलाई आलोचना गर्न छाड्न समेत आग्रह गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area