Breaking News

पार्टी राजनीतिमा संलग्न राष्ट्रपति पौडेललाई पदमा बस्ने नैतिकता छैनः कमल थापा

Banner

काठमाडौं, असोज २७-

राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिन राप्रपा नेपालका अध्यक्ष कमल थापाले आग्रह गरेका छन् । उनले कोशी प्रदेशको मुख्यमन्त्री छान्ने प्रक्रियामा हस्तक्षेप गरेको टिप्पणी गर्दै थापाले राष्ट्रपति पौडेलले राजीनामा दिन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोशी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुन सक्दैन भन्ने फेरि प्रमाणित भएको छ । पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन । तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>