क्रिकेट

दक्षिण अफ्रिकाले दियो अष्ट्रेलियालाई ३ सय १२ रनको विजयी लक्ष्य

Banner

काठमाण्डौँ, असोज २५
ओपनर क्विन्टन डि ककको शतकमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियालाई ३ सय १२ रनको बलियो लक्ष्य दिएको छ । लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ११ रन बनायो ।

ओपनर डि ककले १ सय ६ बलमा ८ चौका र ५ छक्कासहित १ सय ९ रनको शतकीय इनिङ खेले । उनको यो विश्वकपमा लगातार दोस्रो शतक हो । उनको यो ओडिआई करिअरको १९ औं शतक हो । डि ककले पहिलो खेलमा श्रीलंकाविरुद्ध पनि १ सय रनको शतकीय इनिङ खेलेका थिए । स्पिनर ग्लेन म्याक्सवेलको बलमा उनी बोल्ड आउट भए ।

पहिलो विकेटका लागि डि कक र कप्तान टेम्बा बभुमाले १९ दशमलव ४ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । बभुमा ५५ बलमा २ चौकासहित ३५ रनमा आउट भए । म्याक्सवेलकै बलमा डेविड वार्नरबाट बभुमा क्याच आउट भएका थिए । रास्सी भान डर डुसेन ३० बलमा २ चौकासहित २६ रनमा आउट भए ।

मध्यक्रमका ब्याटर एडेन माक्ररमले ४४ बलमा ७ चौका र १ छक्कासहित ५६ रनमा आउट भए । माक्ररमले श्रीलंकाविरुद्ध विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक पूरा गरेका थिए । हेनरिक क्लासेन २७ बलमा ३ चौकासहित २९ रनमा आउट भए ।

मार्को यानसन २२ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए । डेविड मिलर १३ बलमा १ चौका र १ छक्कासहित १७ रनमा आउट भए ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ७० रन खर्चेर १ विकेट लिए । मिचेल स्टार्कले ९ ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>